तिहारका अवसरमा बजारमा किनमेल गर्नेको घुइचो

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २४ कात्तिक । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारका अवसरमा बजारमा किनमेल गर्नेको घुइचो लागेको छ ।

काठमाडौं उपत्यका लगायत देशका मुख्य व्यापारिक क्षेत्रमा आवश्यक सरसामान खरिद गर्ने सर्वसाधरणहरुको घुइचो लागेको हो ।

काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड लगाएतका क्षेत्रमा भाइमसला, ढाका टोपी, झिलिमिली बत्ती लगाएतका सरसामान किन्नेहरु पुग्ने गरेका छन् । तिथि अनुसार शुक्रबारबाटै धनतेरस पनि शुरु भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी