रेमिट्यान्सले राख्याे नयाँ रेकर्ड, असोजमा भित्रियो १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २४ कात्तिक । नेपाल राष्ट्र बैंकले गत असोजमा १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको छ ।

शुक्रबार विवरण सार्वजनिक गर्दै बैंकले असोज महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको हो । यो एक महिनाको अवधिमा रेमिट्यान्स भित्रिएको अहिलेसम्मकै उच्च रकम हो ।

नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनासम्म भित्रिएको रेमिट्यान्स अघिल्लो आवको यसै अवधिको तुलनामा ३० प्रतिशत धेरै हो । अघिल्लो आवको असोजमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले मात्र बढेको थियो ।

चालुआर्थिक वर्ष (आव) २०८०÷८१ को भदौ २०८० सम्म २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा असोजमा यो रकम बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

न्युज कारखाना
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्