वैदेशिक शिक्षाको नाममा झण्डै ३३ अर्ब बाहिरियो

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २४ कात्तिक ।  चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नै सरकारलाई सेवा आयतर्फ  २९ अर्ब ५६ करोड रुपैयाँ घाटा लाग्न पुगेको छ ।

आर्थिक वर्षको असोज मसान्तसम्ममा सेवा खाता अन्तर्गत भ्रमण शीर्षकतर्फ खुद ३४ अर्ब ७८ करोड रुपैयाँ घाटा व्यहोरेको सरकारले वैदेशिक शिक्षा खर्चतर्फ यसै अवधिमा ३२ अर्ब ९२ करोड रुपैयाँ गुमाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवाआय २३ अर्ब ७४ करोड रुपैयाँले घाटामा गएको थियो ।

समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण आय ५१.३ प्रतिशतले वृद्धि भई रु.१७ अर्ब २ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लोवर्षको सोही अवधिमा यस्तो आय ११ अर्ब २४ करोड रहेको थियो ।

समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ७६.१ प्रतिशतले वृद्धि भई ५१ अर्ब ८० करोड रुपैयाँ पुगेको छ भने सो मध्ये शिक्षातर्फको व्यय ३२ अर्ब ९२ करोड रहेको राष्ट्र  बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.२९ अर्ब४१ करोड रहेकोमा शिक्षातर्फको व्यय १७ अर्ब ८९ करोड रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी