रौतहटको मौलापुर नगरपालिकाकी मेयर साहको पद पुनर्बहाली

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २४ कात्तिक ।  सर्वोच्च अदालतले रौटहटको मौलापुर नगरपालिका प्रमुख रीना साहको पद खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्चको यो आदेशसँगै तत्कालका लागि साहको पद पुनर्बहाली भएको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले साहको पद रिक्त गर्नेमा निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको हो ।

२०७९ वैशाखमा भएको स्थानीय तह चुनावमा एमालेबाट प्रमुख जितेकी साहले पार्टी छाडेपछि उनीमाथि कारबाही भएको थियो । निर्वाचन आयोगले एमालेको कारबाहीअनुसार साहलाई पदमुक्त गरेको थियो । सो निर्णयविरुद्ध साह सर्वोच्च अदालत गएकी थिइन् ।

अदालतले साहको मुद्दामा कारण देखाउ आदेश पनि जारी गरेको छ । एमालेबाट निर्वाचित भएकी साह एमाले छाडेर स्वतन्त्र उठेका प्रभु साहको आम जनता पार्टीमा संलग्न भएपछि आयोगले पदमुक्त गर्ने निर्णय गत असोज ३० गते गरेको थियो ।

सर्वोच्चको अन्तरिम आदेशमा दलत्याग गरेको नदेखिएको र अर्को दलको सदस्यता लिएको आधिकारिक आधार प्रमाण पेस नभएको उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी