महानगरले ४ ठाउँमा फूल बिक्री केन्द्र तोक्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २५ कार्तिक । नेपाली फूलको प्रवर्द्धनका लागि काठमाण्डौ महानगरले चार ठाउँमा फूल बिक्री केन्द्र तोकेको छ ।

काठमाण्डौ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेको फूललाई महानगरभित्र प्रवर्द्धन गर्न चार ठाउँमा स्टल राख्ने बताउनु भयो । उहाँले चार ठाउँमा मखमली, सयपत्री लगायतका फूलको बिक्रीका लागि महानगरभित्र सहजीकरण गर्ने बताउनु भयो ।

उहाँले भृकुटीमण्डप, तीनकुने, बालाजु र हाँडीगाउँमा नेपाली कृषकले उत्पादन गरेका फूलहरुका लागि महानगरले बिक्रीमा सहजीकरण गर्ने उद्देश्यले फूल बिक्री केन्द्र ताेकेकाे बताउनु भयो ।

त्यस्तै काठमाण्डौ महानगरपालिकाले तिहारलाई सुरक्षित रुपमा मनाउन आग्रह गरेको छ । तिहारलाई भव्य र सुरक्षित रुपमा मनाउनका लागि साँझ ८ बजेदेखि राति १ बजेसम्म नगर प्रहरीले गस्ती गर्ने भएको हो ।

शान्ति सुरक्षाका लागि तिहारमा राति १ बजेसम्म नै महानगरपालिकाले गस्ती गर्ने प्रमुख पाण्डेले बताउनु भयो । उहाँले देउसी भैलोको समयमा १ बजेसम्म चार क्षेत्रबाट गस्ती हुने बताउनु भयो । उहाँले शान्तिपूर्वक देउसी भैलीमा महानगर प्रहरीले सहजीकरण गर्ने बताउनु भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्