दूरसञ्चार प्राधिकरणद्धारा टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्र, २४ घन्टामा टिकटक बन्द हुने दाबी

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं , २८ कात्तिक। नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरेको जनाएकाे छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

लगतै दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकहरुलाई पत्रचार गरेको बताएकाे छ ।

दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले टिकटकलाई इमेल लेखेकाे बताउदै २४ घन्टामा सबै ब्लक हुने बताउनुभयाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी