२८ कात्तिक, काठमाडौं ।बैतडीमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका ७ का ५० वर्षीय नरेन्द्रबहादुर ऐर छन्।
सोमबार राति ८ बजे घरबाट स्थानीय बजार द्वाली जान्छु भनी हिँडेका ऐर मनेकुडास्थित बाटोबाट लडेर २ सय मिटर तल खसी मृत अवस्थामा फेला परेका हुन्।




