बर्दियामा एक युवकको हत्यामा संलग्न ८ जना पक्राउ

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

बर्दिया, ३० कार्तिक । बर्दियामा एक युवकको हत्या भएको घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।

लक्ष्मी पूजाको राति गुलरिया नगरपालिका-६ का २३ वर्षीय वरुण घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।

उक्त घटनामा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरिएको बर्दियाका एसपी सुधिरराज शाहीले जानकारी दिए। घटनामा संलग्न ३ जना अझै फरार रहेको र उनीहरूको खोजी भइरहेको उनले जानकारी दिए।

प्रहरीले पक्राउ पर्नेको नाम भने गोप्य राखेको छ।

घटनाबारे अनुसन्धान भइरहेकोले पक्राउ पर्नेहरूको नाम सार्वजनिक गरिएको छैन। एसपी शाहीका अनुसार पुरानो रिसिइबीका कारण  घिमिरेको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

लक्ष्मी पूजाको दिन मध्य राति गुलरिया – ५ स्थित जुस कारखाना नजिकै एक समूहले खुकुरी लगायत धारिलो हतियार प्रहार गरी घिमिरेको हत्या भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी