काठमाडौं, १ मंसिर । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चालु आर्थिक वर्षको लागि काँचो कफीको समर्थन मूल्य निर्धारण गरेको छ ।
बोर्डले १९ औँ राष्ट्रिय कफी दिवसको अवसरमा आजबाट (मङ्सिर १ गते ) देखि लागू हुने गरी सो मूल्य निर्धारण गरेको हो ।
बोर्डले फ्रेस चेरी कफी ग्रेड ए प्रतिकिलो सय रुपैयाँ र फ्रेस चेरी कफी ग्रेड बी को प्रतिकिलो ९० रुपैयाँ मूल्य निर्धारण गरेको छ ।
पार्चमेन्ट कफी ग्रेड ए को प्रतिकिलो पाँच सय मूल्य तोकेको छ भने पार्चमेन्ट कफी ग्रेड बी को प्रतिकिलो चार सय ५० रुपैयाँ पर्ने बोर्डले उल्लेख गरेको छ । ड्राई कफी चेरी ग्रेड ए को दुई सय र ड्राई कफी चेरी ग्रेड बी को मूल्य प्रतिकिलो एक सय ५० रुपैयाँ तोकिएको छ ।