विमानस्थलबाट कोकिनसहित एक भारतीय महिला पक्राउ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, ४ मंसिर ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई किलो कोकिनसहित एक जना भारतीय महिला पक्राउ परेकी छन् ।

इथोपियाबाट दोहाबाट काठमाडौं भारत मिजोरमकी ३२ वर्षीया किमरो साँगी पक्राउ परेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान १० बजेतिर पक्राउ परेकी उनीबाट एक किलो नौ सय ७३ ग्राम कोकिन बरामद गरेको पनि प्रहरीले जनाएको छ ।

काठमाडौंबाट उनी भुटान जाने तयारीमा रहेको अनुसन्धानबाट खुलेको पनि प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्