माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घाेषणा, ३० दिनसम्म ५ जनाभन्दा बढी भेला हुन राेक

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, ४ मंसिर ।  जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चाेकसम्म निषेधित क्षेत्र घाेषणा गरेकाे छ ।

आज  काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ३० दिनसम्मका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र ताेक्नुभएकाे हाे ।

यही मङ्सिर ७ गते माइतीघरमा एमाले निकट युवा सङ्घ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छुट्टाछुट्टै प्रदर्शन गर्न लागेका थिए । एकै दिन दुई पक्षको प्रदर्शन हुँदा शान्ति सुरक्षामा समस्या आउने भन्दै प्रशासनले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम आदेश जारी गरेको हो ।

पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलदेखि बबरमहल, बिजुली बजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकिएको प्रशासनकाे विज्ञप्तिमा उल्लेख छ ।

याे क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता आन्दाेलन वा विराेधका कार्यक्रम गर्न निषेध गरेकाे आदेशमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्