वैंकहरुले असारमा निक्षेप ब्याजदर नघटाउने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । बैंक वित्तीय संस्थामा तरलता सहज भए पनि ब्याजदर भने स्थिर राख्ने भएका छन् । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले गत वैशाखदेखि कायम ब्याजदरलाई नै असारमा पनि निरन्तरता दिने निर्णय गरेको हो ।

ब्याजदरको चर्को विरोध भएपछि वैशाखमा संघले ब्याजदर एकल अंकमा झार्ने निर्णय गरेको थियो । वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ९ दशमलव ९९ प्रतिशत कायम छ ।

संस्थागत निक्षेपकर्ताको ब्याजदर ७ दशमलव ९९ प्रतिशत र साधारण बचतको ब्याजदर ५ दशमलव ४ देखि ७ दशमलव ४ प्रतिशत कायम छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्