शेयर बजार झन्डै १० अङ्कले बढ्यो, १ अर्ब ३४ करोड रुपैयाँको कारोबार

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ७ मंशिर ।  शेयर बजार आज बिहीवार पनि बढेको छ ।

हिजो बुधवार २० अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज नाै दशमलव ८७ अङ्कले बढेर एक हजार आठ सय ६० दशमलव २० विन्दुमा पुगेको छ ।

आज बैंकिङ, माइक्रोफाइनान्स र अन्यबाहेक अरू समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै नबिल बैंकको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज ४४ लाख २० हजार कित्ता शेयर एक अर्ब ३४ करोड ८३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको १३ करोड १० लाख रुपैयाँको शेयर किनबेच भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्