सुनको भाउ आज एकैदिन तोलामा एक हजार ६ सय रुपैयाँले बढ्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, १३ मंसिर । सुनको भाउ आज एकैदिन तोलमा एक हजार ६ सय रुपैयाँले बढेको छ ।

आज तोलामा एक लाख १९ हजार तीन सय रुपैयाँ पुगेको सुनको भाउ अहिलेसम्मकै उच्च हो । हिजो सुन तोलामा एक लाख १७ हजार ७ सय रुपैयाँ थियो ।
यो हप्ता आइतवारदेखि नै सुनको भाउ निरन्तर बढेको छ । आइतवार तोलामा एक लाख १६ हजार ९ सय रुपैयाँ थियो । सोमवार एक लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो ।

यस्तै, आज तेजाबी सुन १ लाख १८ हजार ७ सय ५० रुपैयामा कारोबार भइरहेको छ ।
आज चाँदीको पनि भाउ बढेको छ । हिजो तोलाको एक हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको चाँदी आज २० रुपैयाँले बढेर एक हजार ५ सय २० रुपैयाँ पुगेको छ ।

चाँदीको यो भाउ पनि अहिलेसम्मकै महँगो हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्