प्रमुख निर्वाचन आयुक्त र आयुक्तले भूकम्पपीडितलाई सात दिनको तलब दिने

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूले जाजरकोट भूकम्पीडितहरूका लागि आफूहरूको सात दिनको पारिश्रमिक दिने भएका छन्।

बुधबार बसेको आयोगको बैठकले नेपाल सरकारबाट स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूबाट सात दिनको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको हो।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोग एवम् आयोगअन्तर्गत प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूका कर्मचारीहरू मध्ये सचिव र सहसचिवहरूबाट तीन दिन, उपसचिव र शाखा अधिकृतहरूबाट दुई दिन र सोभन्दा तलका कर्मचारीहरूबाट एक दिन बराबरको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको जानकारी दिए।

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको मृत्यु भएको थियो भने ३७२ जना घाइते भएका थिए।

भूकम्पपीडितहरूका लागि कोषमा रकम जम्मा भए पनि पीडित पक्षहरूले नपाएको र अस्थायी आवास पनि उल्लेख्य मात्रामा बनाउन नसकेको भन्दै सरकारो तीव्र आलोचना बढ्न थालेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी