रुकुम सोती नरंशंहारका पीडित परिवारको न्यायको निम्ति काठमाडौंमा खवरदारी सभा

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १८ मंसिर । रुकुम सोती नरंशंहारका पीडित परिवारको न्यायको निम्ति भन्दै काठमाडौंमा खवरदारी सभा आयोजना गरिएको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दामा अन्तिम सुनुवाइ भइरहदा जात व्यवस्था उन्मूलन मोर्चा नेपालले काठमाडौंको रत्नपार्कमा खवरदारी सभा आयोजना गरेको हो ।

साढे तीन वर्षअघि भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछूतको मुद्दा टुङ्गो नलाग्दा पीडित परिवार थप पिडामा परेको भन्दै खवरदारी सभाको आयोजना गरिएको जात व्यवस्था उन्मूलन मोर्चा नेपालकी महासचिव रुपा सुनारले जानकारी दिनुभयो । रुकुम जिल्ला अदालतमा अन्तिम सुनुवाई भइरहेको अवस्थामा पीडित परिवारलाई न्याय दिनुपर्ने उहाले बताउनुभयो ।

खवरदारी सभामा सहभागीहरुले रुकुम सोती नरसंशारका पीडित परिवारहरुलाई न्याय दे, न्याय नमार लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

२०७७ जेठ १० मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न सोतीगाउँ पुगेका बेला स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित ६ जनाको ज्यान गएको थियो भने अरू १२ जना घाइते भएका थिए । ६ जनाको हत्या गरी भेरी नदीमा फालेको अभियोगमा जिल्ला अदालतमा २०७७ जेठ ३२ मा मुद्दा दायर गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी