एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठमा हुने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको महाधिवेशन आगामी जेठमा गर्ने भएको छ।

मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीको आगामी महाधिवेशन जेठमा सार्ने निर्णय गरेको हो। यसअघि महाधिवेशनको मिति माघ १४ गतेदेखि १८ गतेका लागि तोकिएको थियो।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टीको महाधिवेशन २०८१ जेठ ३ गतेदेखि ७ गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको जानकारी दिए। महाधिवेशनमा पेश गर्ने दस्तावेजहरूको मस्यौदा गर्न पार्टीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २७ सदस्यीय समिति बनाइएको उनले बताए।

उनका अनुसार माघ १४ र १५ मा राष्ट्रिय सम्मेलन गरिने भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्