पशुपति मन्दिर परिसर र आसपासका क्षेत्रमा एक हप्तासम्म मासु तथा जाँड रक्सीमा प्रतिबन्ध

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाण्डौ । पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा आजदेखि एक हप्तासम्म मासु तथा जाँड रक्सी उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र खान नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना निकालेर गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै क्षेत्रमा यो नियम लागु भएको जनाएको छ ।

बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै यी क्षेत्रमा आउँदो २७ गतेसम्मका लागि यो नियम लागू भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्