७ पुस, काठमाडौं ।पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका ५६ वर्षीय मकरबहादुर तामाङले १६८ मुरी धान फलाउन सफल भएको भन्दै वडाध्यक्ष होमप्रसाद आङदेम्बेसहित जनप्रतिनिधि र कर्मचारीले फुलमालासहित रु ५० हजारबाट पुरस्कृत गरका छन्।
उपस्थित सबैले मकरबहादुर र उनकी श्रीमती ६० वर्षीया टीकामायाको मेहनतको प्रशंसा गरे। उनीहरुले पाँचवटा खेतमा ३ मुरी ४ पाथी बीउ रोपेकोमा उनले ३० मुरी धान यसअघि नै बिक्री गरिसकेको र फलाएको धान १६८ मुरी मात्र गणना भयो ।
गाउँपालिकाले खाद्यबालीको उत्पादन बढाउन ५० मुरीभन्दा बढी धान फलाउने किसानलाई रु ३० हजार र एक सय मुरीभन्दा बढी धान फलाउने किसानलाई रु ५० हजारबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो ।




