७ पुस, चितवन । कोरियन भाषा परीक्षामा यसवर्ष १ लाख ४३ हजार जनाले आवेदन दर्ता गरेको छ । गत साउनमा अनुत्तीर्ण भएकाहरू पनि सहभागी हुँदा परिक्षार्थीको संख्या १ लाख ७५ हजार पुग्ने सम्भावना रहेकाे छ ।
अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएका कारण यसपालि अहिलेसम्मकै बढि आवेदन परेको हाे ।दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८ सय ४८ नेपाली रोजगारीका लागि लैजानेछ।
हाल खोलिएको आवेदनको परीक्षा मिति भने तोक्न बाकी रहेकाे छ ।




