क्रिकेटर लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा, बांकि सुनुवाइ भोलि हुने

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

११ पुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा परेकाे छ ।

आज सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेको हाे । यसकाे बांकि सुनुवाइ अब भोलि हुने छ ।

गत आइतबारदेखि सन्दीपविरुद्ध लागेको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौंमा न्यायाधीश शिशिरराज ढकालको इजलासको सुनुवाइले आज पनि निरन्तरता पाएको हाे ।

आज पनि सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गरेका छन् ।

सन्दीपका कानून व्यवसायीको बहस र पीडित पक्षको जवाफी बहसपछि इजलासले निर्णय सुनाउनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्