जाजरकोट, ११ पुस । जाजरकोटको कुशे गाउँपालिकामा एकजना सुत्केरी महिलाको चिसोका कारण मृत्यु भएको छ ।
मृत्यु हुनेमा वडा नम्बर –९, को घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपाली रहेकि छन ।
कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले उनको चिसोकै कारण मृत्यु भएको जानकारी दिए । उनले मङ्सिर १७ गते दुई छोरालाई जन्माएकी थिइन् । कात्तिक १७ गतेको भूकम्पपछि उनीसँगै सासू र श्रीमान् त्रिपालमा बस्दै आएकी थिए ।
कार्तिक १७ गते गएको भूकम्पले कल्पनाको घरमा क्षति पुर्याएको थियो ।
अध्यक्ष बस्नेतका अनुसार त्रिपालमुनि अहिलेसम्म ६ जनाले ज्यान गुमाइसकेको बताए ।




