न्यायपरिषद्‌ बैठक :  उच्चमा ३९ न्यायाधीश नियुक्त, १६ सरुवा

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ, १८ पुस । न्यायपरिषद् बैठकले उच्च अदालतमा ३९ जना न्यायाधीशलाई नियुक्ति र १६ जना न्यायाधीशको सरुवा गरेको छ।

बुधबार बसेको बैठकले उच्च अदालतमा २६ जना जिल्ला न्यायाधीश, चारजना न्याय सेवाका सरकारी कर्मचारी र नौजना कानुन व्यवसायीलाई न्यायाधीश नियुक्त गरेको हो।

न्यायाधीशहरूको नियुक्ति, सरुवा अनुशासनसम्बन्धी कारबाही, बर्खासी र न्याय प्रशासनसम्बन्धी अन्य विषयको सिफारिस गर्ने वा परामर्श दिन संविधानमा न्यायपरिषद्‌को व्यवस्था छ।

नेपालको संविधानको धारा १५३ को (१) मा न्याय परिषद्‍को व्‍यवस्था छ। जसमा प्रधानन्यायाधीश अध्यक्ष, संघीय कानुन तथा न्याय मन्त्री सदस्य, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश एकजना सदस्य, राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा नियुक्त गरेका एकजना कानुनविद्‌ सदस्य र नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेका कम्तीमा २० वर्षको अनुभव प्राप्त वरिष्ठ अधिवक्ता सदस्य रहने कानुनी व्‍यवस्था छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्