नेप्से परिसूचक झिनो अंकले घट्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, ९ माघ । नेप्से परिसूचक झिनो अंकले घटेको छ । मंगलबार ०.४० अंकले घटेको सेयर बजार २०९८.२९ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३१० कम्पनीको १ करोड १८ लाख १ हजार ३६० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७५१ रुपैयाँको कारोबार भएको छ । 

यसदिन १०३ कम्पनीको सेयर मूल्य बढ्दा १३७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको स्थिर रहेको छ । 
 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्