बानेश्वरमा सडक भासिनुको कारण ढलको पाइप ‘लिकेज’

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ, १२ माघ ।  नयाँ बानेश्वर चोकमा सडक भासिनुको कारण ढलको पाइप ‘लिक’ रहेको पाइएको छ।

सडक डिभिजन काठमाडौंका इन्जिनियर अर्जुन नेपालीका अनुसार २ मिटर गइराइ सडक खनेपछि ढलको पाइप लिकेज भएको पाइएको हो। 

शुक्रबार बिहान सवारीसाधन गुडिरहेको समय सडक भासिएको थियो। सडक डिभिजन काठमाडौंअन्तर्गत निर्माण भएको सो सडकको स्थलगत अध्ययनका लागि इन्जिनियर अर्जुनसहित सब–इन्जिनियर र ओभरसियरको टोली नयाँ बनेश्वर पुगेको थियो।

इन्जिनियरले अध्ययन गर्दा ढलको पाइप लिक भएर सडक भासिएको पाइएको हो। तर, कहिले ढल बनाइएको थियो भन्ने विवरण प्राप्त नभएको इन्जिनियर नेपाली बताउँछन्। 

सडक भासिएको पछि बानेश्वरबाट माइतीघरतर्फको एक लेन बाटो बन्द गरिएको छ भने सडक मर्मत पनि आजै थालिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्