कृषि तथा पशुपन्छी क्षेत्रको विकासका लागि सरकार र आइएलआरआई बीच समझदारी

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडाैं, १७ माघ । कृषि तथा पशुपन्छी क्षेत्रको विकासका निम्ति सहकार्य गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थान (आइएलआरआई) बीच समझदारी भएको छ ।

बुधबार काठमाडौंमा सरकारका तर्फबाट कृषि मन्त्रालयका सचिव डा रेवती रमण पौडेल र आइएलआरआईका तर्फबाट सहायक महानिर्देशकले दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

समझदारीले पशुपन्छी अनुसन्धान र विकास, नविन प्रविधि प्रवद्र्धन र यस क्षेत्रको दिगो विकासमा योगदान पुृराउन दुवै निकायको प्रतिवद्धतालाई बलियो बनाउने मन्त्रालयको विशवास छ ।

समझदारीले पशुपालनमार्फत गुणस्तरीय जीविकोपार्जनमा योगदान पुराउदै अनुसन्धान र विकासमा सार्वजनिक र नीजि क्षेत्रको सहभागीताका लागि बलियो ढाँचा उपलव्ध गराउने अपेक्षा रहेको कृषि मन्त्री बेदुराम भुसालले बताउनुभयो ।

आइएलआरआइले सन २०१३ देखि अफ्रिका र एशियाका कम र मध्यम आय भएका देशका सरकारसंगको सहकार्यमा बिभिन्न स्तरका पशुपन्छी क्षेत्रका गुरु योजना र लगानी योजना विकास गर्न प्राविधिक सहयोग उपलव्ध गर्दै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्