जनचाहना अनुसार काम गरिरहेको छुः मेयर बस्नेत

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १८ माघ । दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले  जनताको चाहना अनुसार काम गरिरहेको बताउनु भएको छ ।

रेडियो काठमाण्डुको बहसमुलका कार्यक्रम राईट कर्नरमा कुराकानीका क्रममा उहाँले चुनावताका गरेका बाचाअनुसार जनचाहनाका काम गरिरहेको बताउनु भएको हो ।

नगरप्रमुख बस्नेतले नगरपालिका धार्मिक,संस्कृति र पर्यटकीय पालिका भएकाले पर्यटकको सङ्ख्या वृद्धिका लागि पूर्वाधार निर्माण गर्ने कार्य प्राथमिकतामा परेको बताउनु भयो।

युवाहरूलाई रोजगार र बिदेसिने सङ्ख्यामा कमी ल्याउन लोकसेवा कक्षा सञ्चालन गर्न लागेको उहाँको भनाई छ । 

उहाँले जनताका चाहाना अनुसार काम गर्दा केही न केही चुनौती आउने भएकाले चुनौतीलाई सामना गर्दै र जनप्रतिनिधिले जनताको सेवक भएर काम गर्नु पर्ने बताउनु भयो । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्