रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई स्वदेश फर्काउन पहल गरिदिन आफन्तकाे आग्रह

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १९ माघ ।  रुसी सेनामा भर्ति भएका नेपालीका परिवारहरुले सकुशल घर फिर्ताको वातावरण बनाइदिन सरकार समक्ष आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले रुसी सेनामा भर्ति भएका केहि आफन्तहरु वेपता भएको र केहिको अवस्था नाजुक रहेको भन्दै सकुशल घर फिर्ताको वातावरण सरकार समक्ष आग्रह गरेका हुन् ।

त्यस्तै रुसी सेनाबाट भागेर आएकाहरुले पनि नेपालीहरुको अवस्था निकै नाजुक रहेको बताएका छन् । युद्धमा नेपालीहरुलाई अग्रपङ्तीमा पठाउने र भाषा समेत नबुझेका कारण ज्यान जाने गरेको उनीहरुको भनाइ छ । रुसी सेनामा भर्ति भएरपनि नेपाल आउन सफल युवा सुमन राईले रुसी सेनामा रहदा तालिमबाटै नेपालीहरुमाथि अत्याचार हुने गरेको बताउनुभयो ।

उहाले अहिले पनि १४–१५ हजारको हाराहारीमा रुसी सेनामा रहेको र युद्धकाक्रममा धेरै नेपालीले ज्यान गुमाएको हुनसक्ने बताउनुभयो । युद्धमा भएको हताहतीका बारेमा पनि रुसी सेनाका अधिकारीले लुकाउने गरेको उहाको भनाइ छ ।

रुसी सेनामा भर्ति भएर नेपाल फर्किएका युवाहरुले वैदेशिक रोजगारीका लाग दुवई कतार लगाएतका देशमा गएका युवाहरु पनि उतैबाट रुसी सेनामा भर्ति हुन जाने गरेको बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्