प्रक्रिया पूरा भएका कम्पनीका आईपीओ निष्कासन नरोक्न माग

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, २४ माघ ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आईपीओ निष्कासन नरोक्न माग गरेका छन् । 

बुधबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा उनले २५ देखि ३० वटासम्म कम्पनी नियमित आईपीओमा लैजान लाइनमा रहे पनि केही महिनादेखि रोकिएको बताए । 

अध्यक्ष ढकालले प्रिमियममा दिनुपर्ने र गम्भीर प्रकृतिका बाहेक प्रक्रिया पूरा गरिसकेका कम्पनीका आईपीओ निष्कासन गर्न दिनुपर्ने बताए ।

धितोपत्र बोर्डको अध्यक्ष नभएकै कारण प्रक्रिया पूरा भइसकेका कम्पनीको आईपीओ निष्कासन रोक्न नहुनेमा उनको जोड छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्