सुन तस्करी जाँचबुझ आयोगले दिपेश पुनसँग लियो बयान

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं , २८ माघ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले दीपेश पुनसँग बयान लिएको छ ।

सिंहदरबारमा रहेको आयोगले आइतबार अखिल क्रान्तिकारीका महासचिव पुनसँग बयान लिएको हो । उनी पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा समेत हुन् ।

आयोगले माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा लगायतसँग पनि बयान लिइसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्