दुर्गा प्रसाईँको नागरिक बचाउ अभियानद्धारा काठमाडौंमा शक्ति प्रदर्शन

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, फागुन १ । दुर्गा प्रसाईँको नागरिक बचाउ अभियानले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

मेचीको काँकडभिट्टाबाट सुरु गरेको अभियानले प्रथम वार्षिकोत्सवरुपमा शक्ति प्रदर्शन गरेको हो । सो क्रममा प्रसाईँले मिटरव्याज, सहकारी लगाएतका क्षेत्रमा नागरिकले पाएको दुखलाई अभियानले उजार गरेको बताउनुभयो । उहाले मुलुकमा देखिएको बेतिथी अन्य गर्न राजसंस्थाको पुनर्स्थापना आवश्यक रहेको बताउनुभयो । उहाले देशमा जनताका लािग केहि गर्ने सरकार आवश्यक रहेको धारणा राख्नुयो ।

त्यसअघि काठमाडौंको बिभिन्न स्थानबाट निकालिएको र्याली भृकुटिमण्डप पुगेर सभामा परिणत भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्