ललिता निवास जग्गा प्रकरणको बहस सकियो, भोलि फैसला आउन सक्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, फागुन १ । ललिता निवास जग्गा प्रकरणमा करिब एक महिनादेखि जारी बहस सकिएको छ ।


विशेष अदालतमा माघ २ गतेदेखि निरन्तर भइरहेको बहस आज सकिएको हो । सम्भवतः भोली फैसला आउने सम्भावना छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कीर्ते कसुरमा अनुसन्धान गरेर मुद्दा दायर गरिसकेको छ ।

खुसीप्रसाद थारु, रामबहादुर थापा र रीतेन्द्र थापाको इजलासले फैसला सुनाउनेछ । यो मुद्दामा पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ तथा पूर्वसचिवहरु दीप बस्नेत, छविराज पन्त र दिनेश अधिकारीलाई पनि प्रतिवादी बनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्