काठमाडौँमा वर्षा, अन्तरराष्ट्रिय उडान प्रभावित

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १० फागुन । काठमाडौं उपत्यकासहित केही भेगमा हल्का वर्षा भएकाे छ ।

काठमाडौं, ललितपुर, पाल्पा र दाङका केही स्थानमा छिटपुटदेखि हल्कापानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका केही भेगहरुमा भने आज असिना पानी समेत परेको छ।

आज बिहान कोशी र मधेश प्रदेशका केही स्थानमा पनि पानी परेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपात भइरहेको छ।

पश्चिमी वायूको प्रभाव भोलिबाट भने कम हुने र सामान्यतया मौसम सफा रहने मौसविद्ले बताएका छन ।

यस्तै, काठमाडौँको प्रतिकूल मौसमका कारण काठमाडौँबाट हुने अन्तरराष्ट्रिय उडान प्रभावित भएका छन्। 

आज अपराह्न भारतको मुम्बईबाट काठमाडौँ आएको इण्डिगो एयरलाइन्सको हवाईजहाज काठमाडौँ अवतरण गर्न नसकेपछि भारतको लखनऊ डाइभर्ट भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए। 

उनका अनुसार आन्तरिकतर्फ भने हवाई उडान सामान्य अवरोध रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्