नेप्से परिसूचक ११७.७० अंकले वृद्धि

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २१ फागुन । नेप्से परिसूचक ११७.७० अंकले वृद्धि भएको छ ।

सोमबार ११७.७० अंकले वृद्धि भएको सेयर बजार २०७८ विन्दुमा पुगेर बन्द भएको छ । 

माओवादी–कांग्रेससहितको गठबन्धन भत्किएर माओवादी–एमाले सत्ता गठबन्धन बनेसँगै सोमबार सेयर बजारमा उछाल आएको हो । सोमबार ६ प्रतिशतले सेयर बजार बढेको हो । सोमबार बजारमा दुईपटक सकारात्मक सर्किट लागेको थियो । 

यसदिन २३७ कम्पनीको ९ लाख ३४ हजार ९१९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड २० लाख ९ हजार ९७८ रुपैयाँको कारोबार भएको छ । 
यसदिन २३० कम्पनीको सेयर मूल्य बढेको छ भने २ कम्पनीको सेयर मूल्य घटेको छ । 
 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्