७ महिनामा साढे ८ खर्ब रेमिट्यान्स नेपाल भित्रियो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौँ, २७ फागुन । चालु आर्थिक वर्षमा रेमिट्यान्स मार्फत् ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा यो २१.१६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको माघसम्म रेमिट्यान्स २७.१ प्रतिशतले बढेको थियो ।

‘अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको राष्ट्र बैंकको मासिक प्रतिवेदनमा भनिएको छ । गत वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५ सय ४० रहेको छ ।

गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख १४ हजार ७ सय ६७ र १ लाख ६७ हजार ७ सय ८ रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्