शेयर बजार २२ अङ्कभन्दा धेरैले बढ्याे

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ, २७ फागुन ।   हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार २२ अङ्कभन्दा धेरैले बढेको छ ।

आज शेयर बजार परिसूचक नेप्से २२ दशमलव १० अङ्कले बढेर दुई हजार ५२ दशमलव ६५ विन्दुमा पुगेको छ ।

आज जलविद्युत् बाहेक सबै समूहको शेयर बढेर बजार हरियाली हुँदा लघुवित्त समूहको शेयर सबैभन्दा धेरै चार दशमलव २१ प्रतिशतले बढेको छ । आज विन नेपाल लघुवित्त र जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो । बजार बढेको दिन आज चिर्ख्वा जलविद्युत् कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज ७० लाख ४३ हजार कित्ता शेयर दुई अर्ब ९२ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर २२ करोड ९३ लाख रुपैयाँमा किनबेच भएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्