सुनको मूल्यमा आज पनि रेकर्ड, तोलामै २१ सय रुपैयाँ बढ्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौँ, १६ चैत ।  आज सुनको मूल्यले नयाँ रेकर्ड कायम भएको छ ।

बिहीबार पनि सुनको मूल्य नयाँ इतिहास कायम भएको थियो । उक्त रेकर्ड ब्रेक गर्दै शुक्रबार हालसम्मकै उच्च कायम भएको छ ।

बिहीबार छापावाला सुनको मूल्य १ लाख २७ हजार ९ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला २१ सय रुपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १५ सय २५ रुपैयाँ कायम भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्