सडकबत्तीको महसुल तत्काल भुक्तानी गर्न पालिकाहरुलाई प्राधिकरणको आग्रह

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, १६ चैत ।  नेपाल विद्युत् प्राधिकरणले सडकबत्तीको महसुल तत्काल भुक्तानी गर्न पालिकाहरूसँग आग्रह गरेको छ ।

देशभरका विभिन्न पालिकाले सडकबत्ती प्रयोग गरेबापत ६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको भन्दै प्राधिकरणले तत्काल रकम तिर्न भनेको हो ।

प्राधिकरणबाट स्वीकृति नलिई सडक बत्ती जडान गर्नु नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ (संशोधनसहित)को दफा २ को खण्ड (ङ १) बमोजिम गैरकानुनी रहेको प्राधिकरणले स्पष्ट पारेको छ ।

प्राधिकरणले आज सूचना निकालेर बक्यौता महसुल नतिर्ने र बिनामिटर जडान गरिएका सडक बत्ती आफै‌ले हटाउने भन्दै सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखेर  नियमपूर्वक मिटरमार्फत् सडकबत्ती जडान गर्न आग्रह गरेको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्