अमेरिकाद्वारा सन्दीपलाई भिसा दिन अस्वीकार

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौँ ।  अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।

सन्दीपले अमेरिकाले आफुलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन् । उनलाई यस अघि २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । सन्दीप आइसीसी टी-२० विश्वकपका लागि नेपाली टिममा सामेल हुन अमेरिका जाने तयारीमा रहेका थिए । 

पाटन उच्च अदालतले सफाई दिएपछि क्यानले उनलाई टिममा सामेल गर्ने प्रक्रिया शुरु गरेको थियो ।   

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्