कांग्रेस नेता सिंहको सफल शल्यक्रिया, केही दिन अस्पतालमै रहने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, जेठ २३ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिंहको भारतको नयाँदिल्लीस्थित फोर्टिस अस्पतालमा शल्यक्रिया गरिएको छ।

नेता सिंहलाई प्रोस्टेटसम्बन्धी समस्या देखिएपछि सिंहको जेठ २१ गते शल्यक्रिया गरिएको थियो।

सिंहका स्वकीय सचिव यूपी लामिछानेलेका अनुसार शल्यक्रियापछि सि‌ंहको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताउनुभयो ।

सिंह अझै केही समय अस्पतालमै रहनेछन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्