त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना सम्बन्धी अभ्यास

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, जेठ २८ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना सम्बन्धी अभ्यास गरिएको छ ।

हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्दारसंग सम्बन्ध बिभिन्न निकायहरुको सहभागीतामा विमानस्थल संकटकालिन योजना अनुसार गरिने बिभिन्न अभ्यासमध्ये सोमबार अलर्ट ९.३.१ अर्थात बिमानस्थल क्षेत्रमा विमान दुर्घटनासम्बन्धी पूर्णकालीन अभ्यास गरिएको हो । सो क्रममा एउटा खप्तड एयरलाईन्सको एउटा काल्पनीक बिमान दुर्घटना भएको थियो ।

त्यस लगतै विमानस्थलमा रहेका बारुणयन्त्रहरुले विमानमा लागेको आगो नियन्त्रणमा लिदै सुरक्षाकर्मीहरुले घाइतेहरुको उद्दार गरेका थिए । सङ्कटको अवस्थामा सहभागी हुने विभिन्न निकायहरुबीचको आपसी समन्वय, भूमिका तथा जिम्मेवारीको मूल्याङ्कन गरी सम्बद्ध पक्षको क्षमतामा अभिवृद्धि गराइ यस्तो दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको सञ्चालन छिटो भन्दा छिटो सुचारु गराउने उदेश्यका साथ अभ्यास गरिएको त्रिभुवन विमानस्थलका प्रवक्ता एवं अप्रेशन बिभागका निर्देशक सुवाश झाले जानकारी दिनुभयो ।

विमानस्थल सङ्कटकालीन योजनाको अभ्यास गर्नु पर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड तथा यस विमानस्थलको एयरपोर्ट इमर्जेन्सी प्लानअनुसार गरिने योजनाबद्ध अभ्यास भएको उहाले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्