बनेपास्थित गोसाइस्थान मन्दिरमा पनि भव्य मेला

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, भदौ ३ । काभे्रको बनेपास्थित गोसाइस्थान मन्दिरमा पनि भव्य मेला लागेको छ ।

बनेपा नगरपालिका वडा नम्बर ६ मा रहेको धार्मिक तीर्थस्थल गोसाईस्थानमा जनैपूर्णिमाको दिन भक्तजनहरूको भिड लाग्ने गदर्छ ।

मेला भर्न काभे्रको विभिन्न स्थानका साथै काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, सिन्धुली लगायत जिल्लाका भक्तजन बनेपा आइपुगेका छन् ।

रसुवाको गोसाइकुण्ड पुग्न नसक्ने भक्तजनहरु बनेपाको गोसाइस्थान मन्दिरमा आई पूजाआजा र दर्शन गर्छन् । जंगलको बीच भागमा अवस्थित यो कुण्डमा गएर स्नान गर्नाले पनि गोसाईकुण्ड गए जत्तिकै हुने किंबदन्ती छ । मेलामा ब्राम्हणको हातबाट जनै लगाउने, रक्षाबन्धन गर्नेहरुको पनि उत्तिकै भीड लाग्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्