आयातकर्ताका लागि राष्ट्र बैंकको लचिलो नीति

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, असाेज ३० । विदेशी मुद्रा सटहीमा ‘कपि डकुमेन्ट’पछि बुझाउनुपर्ने ‘ओरिजिनल डकुमेन्ट’को म्याद थप भएको छ।

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०८० संशोधन गर्दै विदेशी मुद्रा सटही जारी भएको ६० दिन भित्र ‘ओरिजिनल डकुमेन्ट’ पेस गर्ने व्यवस्था गरेको हो। 

उक्त व्यवस्थाअनुसार अब ‘कपि डकुमेन्ट’को आधारमा विदेशी मुद्रा सटही जारी भएको ६० दिन भित्र ‘ओरिजिनल डकुमेन्ट’ पेस गर्न सकिनेछ। यसअघि यसमा ४५ दिनको म्याद थियो। 

राष्ट्र बैंकले यसअघि ९० दिन अर्थात् ३ महिना भित्र सामान ल्याउनुपर्ने व्यवस्था परिवर्तन गर्दै सटही सुविधा प्रदान भएको १२० दिन अर्थात् ४ महिना भित्र सामान आयात गरिसक्नुपर्ने भएको बनाएको छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्