काठमाडौं, कार्तिक १२ । भारतीय वायुसेवा एयर इन्डियाको जहाजमा अज्ञात समूहले बम राखेको सूचना सार्वजनिक भएको छ। काठमाडौंबाट दिल्ली फर्किने तरखरमा रहेको एयर इन्डियाको जहाजमा अज्ञात समूहले बम राखेको सूचना सार्वजनिक भएको थियो।
उक्त सूचनापछि काठमाडौंबाट दिल्ली फर्किने तरखरमा रहेको जहाजलाई अहिले नेपालको सुरक्षा निकायले जाँच गरिरहेको छ।
सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको जहाजमा बम रहेको हल्लापछि नेपाल प्रहरी, नेपाली सेनाले सुरक्षा जाँचका लागि जहाजलाई नियन्त्रणमा लिएका छन्।
यसअघि कात्तिक ६ मा पनि भारतीय विमान भिस्तारा एयरमा बम राखेको हल्ला चलाइए पनि पुष्टि हुन सकेको थिए। भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरमा बम नभएको पुष्टि भएको थियो।
नेपाली सेनासहितका सुरक्षाकर्मीका टोलीले ६ घन्टा लगाएर गरेको जाँचपछि बम नभएको पुष्टि भएको हो।