सर्लाहीमा पोखरीमा डुबेको कारबाट २ जनाको शव निकालियो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं । सर्लाहीमा गुड्दागुड्दै पोखरीमा खसेर डुबेको कारबाट दुई जनाको शव निकालिएको छ ।

सशस्त्र प्रहरीको उद्धार टोलीले साढे ८ बजे गौशाला नगरपालिका १० का सुरेश महतो ९चालक० र सोनमा गाउँपालिका ८ का रामाकान्त ठाकुरको शव पोखरीबाट निकालेको हो ।

गोताखोर टोलीले पोखरीमा डुबेको कार पनि भेटाएको छ । पोखरीमै रहेको कार पनि निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार कारमा सवार गौशाला २ का अन्दाजी ३१ वर्षीय जनक यादव भने पौडिएर बाहिर निस्किएका थिए ।

कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको थियो ।आज बिहान बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार सर्लाहीकै ईश्वरपुर नगरपालिका २ मा अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको थियो थियो ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्