दीपक मनाङेलाई ज्यान मार्ने कसुरमा पाँच वर्ष जेल सजाय

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, कार्तिक २० । सर्वोच्च अदालतले गुन्डा नाइके चक्रे मिलनको ज्यान मार्ने कसुरअभियोगमा दोषी ठहर गर्दै दीपक मनाङेलाई पाँच वर्षको जेल सजाय हुने फैसला सुनाएको छ।

गण्डकी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका मनाङेलाई यसअघि  उच्च अदालतले दोषी ठहर गरेपछि सर्वोच्चमा पुनरावेदन दिएका थिए। उच्च अदालत पाटनले उनलाई ५ वर्ष कैद फैसला सुनाएको थियो।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालतको फैसला सदर गरेको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी