सुन तोलाको एक लाख ६० हजार रुपैयाँमा काराेबार हुँदै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं , २ मंसिर । सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेर एक लाख ६० हजार रुपैयाँमा झरेको छ ।

अघिल्लो हप्ता लगातारजसो घटेको सुनको भाउ यो हप्ताको पहिलो कारोबार दिनमा पनि घटेको हो ।

यस्तै चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले घटेर तोलाको एक हजार नौ सय पाँच रुपैयाँमा काराबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्