पूर्वमन्त्री सिंहको निधनप्रति कांग्रेसले तीन दिन पार्टीको आधा झण्डा झुकाउने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बसेको बैठकले पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री तथा काठमाडौँ नगरपालिका पूर्वनगर प्रमुख प्रेमलाल (पीएल)सिंहको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

बैठकले नेता सिंहको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले  जानकारी दिए।

सिंहप्रति सम्मान गर्दै बैठकले पुस १ देखि ३ गतेसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ।

यस्तै, पुस २ गते मंगलबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने र १३ औँ दिनमा काठमाडौँमा शोकसभा आयोजना गर्ने निर्णयसमेत गरिएको पौडेलले बताए।

८८ वर्षीय सिंहको काठमाडौँको चाक्सीबारीमा गएराति १ बजे निधन भएको हो। स्व सिंहकै पहलमा विसं २०५२ मा काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्