सुनको भाउमा कीर्तिमान : तोलाको एक लाख ७६ हजार रुपैयाँ पुग्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, चैत्र ६ । सुनको भाउले आज कीर्तिमान बनाएको छ ।

सुनको भाउ अहिलेसम्मकै उच्च भएर तोलाको एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको भाउ एकैदिन तोलामा आठ सय रुपैयाँले बढेको हो । सुनको भाउ बढेर हिजो पनि कीर्तिमान बनाएको थियो । हिजो सुनको भाउ तोलाको एक लाख ७५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ भने सामान्य घटेको छ । चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँले घटेर दुई हजार ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ५० रुपैयाँ थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्