माइतिघर बबरमहल क्षेत्रमा शनिबार पनि शिक्षकहरुको प्रदर्शन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, चैत्र २३ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरुले काठमाडौंमा प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

सवै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरु समेटेर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दैं नेपाल शिक्षक महासंघले काठमाडौंको माइतिघर बबरमहल क्षेत्रमा शनिबार पनि प्रदर्शन गरेका हुन् ।

काठमाडौं केन्द्रीत आन्दोलन गरेको महासंघले आफनो एकसुत्रीय माग पुरा नभएसम्म आन्दोलन नरोकिने जनाएकोे छ । सदनको हिँउदे अधिवेशनबाट पनि विद्यालय शिक्षा विधेयक अघि बढ्न नसकेपछि महासंघले अनिश्चितकालीन काठमाडौं केन्द्रीत सडक आन्दोलन सुरु गरेको हो ।

यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने महासंघको माग छ । वार्ताका लागि सरकारले महासंघलाई पत्र पठाएपनि उनीहरुले वार्तालाई अस्वीकार गर्दै आएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी